काठमाडौँ – नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र यसले कोभिडले पारेको असरलाई राहत प्याकेजको रुपमा आएको बताएका छन् ।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको पनि बताए । उनले कोरानाले अप्ठ्यारोमा परेको अवस्थामा त्यसलाई सम्बोधन गर्नेगरि मौद्रिक नीति आएको धारणा राखे । डा. नेपालले पुँजी वृद्धिको कारण जोखिम वहन गर्ने क्षमता वृद्धि भएको बताए । सरकारले आर्थिक वृद्धिलाई टेवा दिने र विभिन्न कार्यक्रम लिएर आउनुपर्ने उनको भनाई छ । उनले देशको अर्थतन्त्र सुधार गर्नको लागि खोपको व्यवस्था सुलभ हुनुपर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


यसैगरी, साक्षात्कारमा पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीतिको आधार नै बजेट भएकोले अब यसलाई सही तवरले कार्यान्वयन गरेर जाँदा नै मुलुक र जनताको लागि हितकर हुने धारणा राखे । मौद्रिक नीतिमा राहत र पूनःस्थापनाबारे कुरा गरिएपनि सोअनुरुप कार्यान्वयन पक्ष नहुनु राम्रो नभएको उनको भनाई छ ।

यसपटकको मौद्रिक नीतिमा गत सालको तुलनामा केही जाँगर चलाएर आफूहरु अघि बढ्छौं भनेर आश्वासन दिईएको पनि क्षेत्रीको भनाई छ । उहाले मौद्रिक नीति कार्यान्वयनको पक्ष जटिल हुने भएकोले कार्यान्वयनमा नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

.