काठमाडौँ – भारतीय स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा ‘आजादीका अमृत महोत्सव’ सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले भारतको ऐतिहासिक एवं गौरवशाली दिनका रुपमा ७५ औँ स्वतन्त्रता दिवस मनाएको हो ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको प्रतीमामा हार चढाएर कार्यक्रम शुरु भएकोमा आजको दिनलाई भारतले ‘अमृत महोत्सवका रुपमा मनाएको हो ।
सोही अवसरमा भारतीय राजदूतावासले काठमाडौँमा हर्षोल्लासका रुपमा मनाइएको हो । राजदूत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भारतका लागि लड्दा सहादता प्राप्त गरेका गोर्खा सैनिकका परिवारलाई सम्मान गरिएको थियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि भारतीय राजदूत क्वात्राले भारतले आजादी हाँसिल गर्दा धेरैमा भारतमा लोकतन्त्र सफल नहुने संशय रहेकोमा शक्तिशाली लोकतान्त्रिक मुलुक बनाइ सफलताका साथ आधुनिक युगसम्म आइपुगेको बताए ।

कार्यक्रममा राजदूत क्वात्राले नेपाली सांस्कृत धरोहर संरक्षण योजनाका लागि दूतावासले बनाएको इन्टेक वेबसाइटको सार्वजनिक गरे । इन्टेकद्वारा गरिराखिएका हरेक सूचना एवं सम्बन्धित समाचार रहने उक्त वेबसाइट दूतावासले सार्वजनिक गरेको हो । यस वेबसाइटले दुबै मुलुकका नागरिकमाझ एकअर्काका सांस्कृतिक धरोहरबारे जानकारी हुने बताउँदै यसले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई उचाइमा पुगाउने धारणा व्यक्त गरे । उनले नेपालको सांस्कृतिक धरोहरमा भारतले सहयोग गरिरहेकोमा आगामी दिनमा पनि भारतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।