काठमाडौैँ – नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले काँग्रेसका बेरोजगार युवालाई रोजगारीका लागि ऋण दिने बताएका छन् ।


ADVERTISEMENT


ललितपुरको कुपण्डोलमा दृष्टिकोण एवम् दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा ‘गरिखाने कांग्रेस’ बन्ने बनाउने अभियानको बृहत कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले पार्टीको पहलमा युवालाई ऋण दिएर व्यवसायी बनाउने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले गाउँका युवालाई व्यवसायमा लाग्न प्रेरित गर्दै व्यवसाय सञ्चालनका लागि पार्टीले सहजीकरण गर्ने बताए ।

बैंकहरुसँग सम्झौता गरेर युवाहरुको क्षमता र योग्यताअनुसार ऋण दिई उनीहरुलाई विभिन्न पेशा व्यवसायमा लगाउनुपर्ने उनले बताए । उनले भने, ‘क्षमता र योग्यताअनुसारको ऋण दिन लगाएर आर्थिक रुपले समक्ष बनाउनुपर्छ ।’

सबै जिल्लामा कार्यालय स्थापना गरी सहुलियत दरमा ऋण उपलब्ध गराइने उनले बताए । ऋण लिएर व्यापार व्यवसाय गर्नेको काँग्रेसले अनुगमन पनि गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, ‘गरिखाने अभियान’का संयोजक विनोद चौधरी, सह–संयोजक बानियाँ, दीपक खड्का सहित ३० जिल्लाका सभापतिको पनि उपस्थिति रहेको थियो ।