काठमाडौँ –  यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार भर्चुअल माध्यम मार्फत कम्पनीको वार्षिक साधारण सभाम सम्पन्न भएको हो ।


ADVERTISEMENT


सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ । साथै कम्पनीको आ. व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा संंक्षिप्त जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका संचालक समितिको अध्यक्षबाट कम्पनी स्थापना भएको २८औँ वर्षमा कम्पनीले प्रकाशित गरेको आ. व. २०७७/७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्ब क्लबमामा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराए ।

कम्पनीले कुल बीमाशुल्क आम्दानी रु. ६९ करोड ८९ लाख ३ हजार ९८३ रुपैयाँ ८२ पैसा आर्जन गर्न सफल भएको छ । यस्तै कम्पनीले चुक्ता पुँजी रु ३० करोड २४ लाखमा २४० प्रतिशतले वृद्धि गरी १ अर्ब ०२ करोड ८१ लाख ६० हजार भएको जानकारी गराइएको छ । साथै कम्पनीले आर्थिक वर्ष २०७७/०७८ का लागी बाह्य लेखापरीक्षक एम.जि.एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न शेयरधनीले कम्पनीको व्यवस्थापनलाई सुझाव प्रदान गरियो तथा व्यवस्थापनबाट सोहि बमोजिम कार्य गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।