एजेन्सी – सत्ता कब्जापछि अफगानी तालिबान समूहले पहिलो पत्रकार सम्मेलन गर्दै आफूहरु महिला हक अधिकारप्रति प्रतिवद्ध भएको बताएको छ । अफगानिस्तानका अन्य क्षेत्र हुँदै राजधानी काबुल नियन्त्रणमा लिइसकेपछि तालिबान समूहले गरेको पहिलो पत्रकार सम्मेलनमा तालिबानले अफगानिस्तान अब द्धन्दको रणभूमि नहुने बताउँदै महिलामा कुनै भेदभाव हुन नदिने बताएको हो ।


ADVERTISEMENT


महिलामाथि निर्मम उत्पीडन र विभेद हुने गरेकोमा आफूहरु महिला हक अधिकारप्रति प्रतिवद्ध रहेको क्ता जबिहुल्लाह मुजाहिदले बताए । ‘महिलाहरु हामीसँगैँ काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी भरोसा दिलाउन चाहन्छौं उनीहरुमाथि कुनै भेदभाव गरिने छैन,’ उनले भने, ‘हामी महिलालाई आफ्नो व्यवस्थामित्र रहेर काम गर्ने र पढ्ने अनुमति दिनेछौं । महिलाहरु हाम्रो समाज र हाम्रो ढाँचाभित्र रहेर निकै सक्रिय हुनेवाला छन् ।’


ADVERTISEMENT

# # #


यद्दपी, उनले यी अधिकार धार्मिक मूल्य मान्यताअनुसार दिने बताए । अर्थात्, महिलामाथि विभेद कायम रहने संकेत उनले दिएका छन् । उनले भनेका छन्, ‘अरु देशमा पनि फरक नियम कानून हुने गरे जस्तै हामीलाई पनि हाम्रो आफ्नै नियम, कानुन तय गर्ने अधिकार छ ।