दमौली– मङ्गलबार राति परेको वर्षाले मस्र्याङ्दी नदीमा बाढी आउँदा तनहुँ र गोरखा जोड्ने पुल बगाएको छ । तनहुँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मस्र्याङ्दी नदीले बगाएको हो ।


ADVERTISEMENT


व्यास नगरपालिकास्थित छाब्दीदोभानमा जडानका लागि ल्याउन लागिएको बेलिब्रिज बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त बेलिब्रिज व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा जडानका लागि ल्याउने तयारी भइरहेको थियो । ‘उक्त पुल फुकालेर व्यासमा ल्याउने तयारी भइरहेको थियो, केही सामग्री ल्याइसकिएको छ, बाँकी रहेका पुलका सामग्री नदीले बगायो,’ तिमिल्सिनाले भने ।

गत असार १७ गते आएको बाढीले छाब्दीखोलामा पुल बगाएपछि बेलिब्रिज जडान गर्न काम अगाडि बढाइएको छ तर मस्र्याङ्दी नदीले पुलका सामग्री बगाएपछि काम प्रभावित हुने भएको छ । रासस