काठमाडौँ – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार नेकपा एमालेका माधव कुमार नेपालले नयाँ दल दर्ता गरेकै दिन शाक्य मुख्यमन्त्री बनेकी हुन् ।


ADVERTISEMENT


यससँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको बैठकमा चयन गरेको थियो ।


ADVERTISEMENT

# # #


शाक्य मुख्यमन्त्री भएपछि प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक बुधबार अबेर राति सम्पन्न भएको छ ।

बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सबैलाई खोपको व्यवस्था गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । बैठकले पाण्डेलाई सरकारको प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।