एजेन्सी – भारत र रुसका वरिष्ठ सुरक्षा अधिकारीबीच भेटवार्ता भएको छ । बिहीवार मस्कोमा भारतीय उप राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन र रुसी विदेश मन्त्री इगोर मोर्गुलोभबीच भेटवार्ता भएको हो ।


ADVERTISEMENT


भेटमा अफगानिस्तान लगायत अन्य मुद्दाहरूमा छलफल भएको छ । मस्कोले सुरक्षा परिषद्, सैन्य र अफगानिस्तान नजिकै रहेका देशहरू सँग सम्पर्क स्थापित गरेको छ । विशेष गरी ताजिकिस्तान र उज्बेकिस्तान, साथ साथै चीन, इरान, भारत र पाकिस्तान सँग सम्पर्क गरिएको पत्रुशेवले बताएका छन् ।


ADVERTISEMENT

# # #


सोही क्रममा भारतसँग अफगानिस्तान तालिवानले कब्जामा लिएपछि अब तालिबानले रणनीति र त्यसले पार्न सक्ने विषयमा चर्चा भएको रुसस्थित भारतीय दूतावासले ट्विटमार्फत जानकारी दिएको छ ।

भेटमा दुबै पक्षबाट विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको शक्तिको समर्थन गर्ने छलफल भएको जनाइएको छ । यस्तै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल भएकोमा रुस अफगानिस्तानको सम्बन्धमा राजनीतिक र कूटनीतिक प्रयासमा केन्द्रित हुने गरी अघि बढी समस्याहरूको शान्तिपूर्ण समाधानका लागि मार्ग खाज्ने छलफल भएको थियो ।

भेटमा मस्कोका लागि भारतका राजदूत बी वेंटकेश वर्मा र राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) का अधिकारीहरू सहभागी थिए।