डा. राम आधार यादव


ADVERTISEMENT


आर्युवेद विशेषज्ञ तथा कार्यकारी निर्देशक


ADVERTISEMENT

# # #


राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर

काठमाडौँ– साधारणतयाः आर्युवेदको दृष्टिकोणबाट नेपाली भान्छामा मौलिक रुपमा प्रयोग हुने अधिकांश मरमसाला एवम् खाद्य वस्तुहरुलाई घरेलु औषधीको मुख्य स्रोत मानिन्छ । त्यसमध्ये केहिको प्रयोग बोटबाट सोझै गर्न सकिन्छ भने केहिलाई भने हामी आफैले प्रयोगका निम्ति तयार पार्नुपर्छ । जसमध्ये क्वाँटी पनि एक हो ।

अन्य समयमा भान्छामा पाक्ने भएपनि नेपाली समाजमा विशेषगरी आजको पर्व जनैपूर्णिको अवसरमा क्वाँटी खाने चलन रहेको छ । क्वाँटी चना, भटमास, राज्मा, केराउ, बोडि, सिमीलगायतका विभिन्न प्रकारका उच्च प्रोटिन समूहको गेडागुडीको सम्मिश्रणबाट तयार गरिन्छ । यस्ता विविध गेडागुडी मिश्रित क्वाँटीमा क्यालोरी प्रोटिन, फाइबर, फोलेट एवम् भिटामिन बी १ र बी ९ को मात्रा प्रशस्त पाइन्छ । जसकारण सांस्कृतिक दृष्टिकोणको महत्वपूर्ण रहेको यस चलनलाई स्वास्थ्यको तवरबाट पनि उत्तिकै महत्वपुर्ण मानिन्छ ।

क्वाँटी खानुका फाइदाहरु

१. बालबालिकाको शारीरिक वृद्धि विकासमा सहयोग पुर्‍याउनु
२. प्रतिरोध क्षमता बुस्ट गर्नु
३. कब्जियतको समस्याबाट राहत
४. शरीरमा द्रुत गतिमा ऊर्जा प्रदान गर्नु
५. सजिलै पाच्य हुनु
६. शरीरको थकान र तनावलाइृ टाढा राख्नु
७. रोगी, बालबालिका तथा वृद्वमा कुपोषण हुन नदिनु
८. स्मरणशक्तिमा वृद्वि
९. मानसिक स्वास्थ्यमा सुधार
१०. रक्तसञ्चार तथा स्नायु प्रणालीमा फाइदा पुर्‍याउनु ।
११. गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा समेत निखार ल्याउनु
१२. व्यक्तिमा बुढो हुने गतिलाई मन्द राख्दै शरीरलाई रोगमुक्त तथा निरोगी राख्नु ।

क्वाँटी खादा ध्यान पुर्‍याउनुपर्ने पक्ष

स्वास्थ्यको दृष्टिकोणले उचित मानिने क्वाँटी राम्ररी नपाकेको खण्डमा यसले व्यक्तिलाई बेफाइदा समेत पुर्‍याउँछ । जसकारण व्यक्तिमा क्वाँटी नपच्ने, पेट दुख्ने तथा असहज महशुस हुनेजस्ता विभिन्न समस्याहरु देखापर्छ । तसर्थ क्वाँटी प्रयोग गर्दा हामीले राम्ररी पकाएर र सकेसम्म स्प्राउट (टुसा उमारेर) बनाएर खानु उपयुक्त रहन्छ ।

स्प्राउटमा अन्य सामान्य रुपमा भिजाएको क्वाँटी तुलनात्मक रुपमा सजिलै शरीरले पचाउन सक्ने गुण हुन्छ । यसका साथै यसमा सामान्य क्वाँटीमा भन्दा प्युरिनको मात्रा कम र प्रोटिनको मात्रा धेरै हुने भएकाले युरिक एसिड समस्या भएका व्यक्तिहरुले स्प्राउटको प्रयोग गर्नु उत्तम हुन्छ ।

यस्तै, स्प्राउटमा भिटामिन–ईको मात्रा उच्च रहने भएकाले यसले छालाको चमकमा समेत सुधार ल्याउन मद्दत पुर्‍याउँछ ।