काठमाडौँ – जनैपूर्णिमाको दिन आइतबार पाटनको कुम्भेश्वरमा मेला लागेको छ ।


ADVERTISEMENT


एघार महिना मन्दिरमा राखिए पनि साउन शुक्लपक्षमा कुम्भेश्वर महादेवलाई बाहिर निकाल्ने परम्परा छ । शुक्लपक्ष जनैपूर्णिमाको अघिल्लो रात मन्दिर छेवैको कुण्डभित्र विधिपूर्वक खटमा हालेर राखिन्छ । सो कुण्डमा राखेपछिमात्र कुम्भेश्वर मेला सुरु हुन्छ । मेला दुई दिनसम्म चल्ने र समापनपछि पुन विधिपूर्वक भगवानलाई पुन मन्दिरमा राखिने गरिन्छ ।


ADVERTISEMENT

# # #


किंवदन्ती अनुसार जनैपूर्णिमाको बेला एक वृद्धा गोसाइकुण्ड मेला भर्न गइन् । उनले बुहारीलाई गोसाइकुण्डबाट जल ल्याइदिने वचन दिँदै एउटा अम्खोरा लगेकी थिइन् । तर ती वृद्धाले गोसाइकुण्डमा स्नान गरिसकेपछिमात्र अम्खोरा कतै छोडेको चाल पाइन् र जल कसरी लैजाने भन्दै दुःखी भइन् । सोही बेला बुहारी कुम्भेश्वर मन्दिरमा पुगेको र त्यहाँ सोही अम्खोरा भेटेको किंवदन्ती छ ।