काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा युवा व्यवसायी हिमाल गुरुङले उम्मेदवारी दिएका छन् ।


ADVERTISEMENT


‘अब एनआरएनएको नेतृत्वमा युवा पुस्ता’ नारासहित गुरुङले एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


दुई दशकदेखि नेदरल्याण्डमा बस्दै आएका गुरुङ युवा व्यवसायी हुन्, एनआरएनए नेदरल्याण्डको २०१५ देखि १७ सम्मको नेतृत्व सम्हालिसकेका गुरुङ आईसीसी सदस्य समेत हुन् । कास्की रिठ्ठेपाठी घर भएका गुरुङ हाल नेदरल्याण्डको युवा समिति संयोजक हुन् ।

युवाको सक्रियता र नेतृत्वबाटै परिवर्तन सम्भव भएको विश्वास राख्ने उनी एनआरएनएमा युवाको सहभागिता बढाउन सक्रिय भएर लागेका छन् ।