काठमाडौँ– नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ ।


ADVERTISEMENT


सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार एमाले अध्यक्ष केपी ओली निवासमा बसेको एमालेका नेता र तेस्रो धारमा उभिएका नेताहरुबीचको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति गर्दै स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको हो ।

बैठकले १० बुँदे सहमति कार्यान्वयनलाई अघि बढाउने निर्णय गरेसंगै यस बिषयमा थप छलफल गर्न आज स्थायी कमिटी बैठक बोलाउने निर्णय गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

हिजो नेकपा एमालेका अध्यक्ष ओलीसंग छलफल गर्न एमाले उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरु बालकोट पुगेका थिए ।