काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले चन्द्रागिरीस्थित चन्द्रागिरी रिर्सोटलाई स्पष्टीकरण सोधेको छ । प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कोरोनाका कारण निषेधाज्ञा चलिरहेका बेला रिसोर्टमा भिडभाड गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।
रिर्सोटमा भिडभाड बढेको भन्ने गुनासो आए पछि वास्तविकता बुझ्न फोन मार्फत स्पष्टीकण सोधिएको प्रजिअ पराजुलीले बताए ।
नेकपा एमालेबाट अलग्गिएर नयाँ दल दर्ता गरेको माधव कुमार नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसहित करिब १ सय नेताहरु चन्द्रागिरि रिर्सोटमा सोमबारदेखि बसेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि उनीहरुलाई भोलि (बुधबार) बोलाएको छ ।
सोमबार बेलुकादेखि माधव समूहका नेता पार्टीको विधान लगायतका कुराहरुबारे छलफलका लागि त्यहाँ रहेका छन् । काठमाडौँमा हाल राती ८ बजेपछि सवारी साधन चलाउन रोकसँगै निषेधाज्ञा जारी छ । प्रशासनले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको छ ।