काठमाडौँ– सर्वाेच्च अदालतले नेपालल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङको नियुक्त सम्बन्धमा निर्णय झिकाउन आदेश दिएको छ ।


ADVERTISEMENT


निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यले घिसिङको नियुक्तविरुद्ध अदालतमा दायर गरेको रिट सुनुवाईका क्रममा मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कुलमानको नियुक्तिको सक्कल निर्णय मगाउन आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


यससंगै अदालतले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञमा गरिएको नियुक्ति र विद्युत प्राधिकरण सञ्चालक समितिले शाक्यसँग गरेको कार्यसम्पादन सम्झौता समेत पेश गर्न निर्देशन दिएको छ ।

यसका लागि सर्वाेच्चले ३ दिनको समयसीमा तोकेको छ ।

निर्देशकको पदमा हुँदाहुँदै आफुलाई हटाएर कुलमानलाई नियुक्त गर्नु गैरकानूनी भएको र यसबाट संविधानको समेत हनन भएको भन्दै शाक्यले गत साउन ३२ मा घिसिङ नियुक्तविरुद्ध रिट दायर गरेका थिए ।

प्रधानमन्त्री शेर बहादुर देउवाको आदेशमा शाक्यलाई प्राधिकरणबाट हटाएर साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा आयोगको विज्ञको रूपमा नियुक्ति गरेको थियो ।

हेर्नुहोस् सर्वाेच्चले दिएको आदेश