काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउँदले पदबाट राजीनामा दिएका छन् । साउँदले मंगलबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि विवादमा तानिएका साउँदले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


राजीनामा दिँदै साउँदले आफूले पदीय मर्यादाविपरित कुनै काम नगरेको र विवादित शेयर पनि कानुन अनुसार नै खरिद गरेको दाबी गरे । उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताए ।

नेपालको कानुनले नेप्से सञ्चालकले त्यस्तै सेयर किन्न नपाउने कुनै कानुनमा नभएको बताए । आफ्नो प्रकरणपछि नियम कानून परिमार्जन गर्नुपर्छ की भन्ने महशुस भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा पुँजीबजारमा धेरै सुधारको काम गरेको र कोशेढुङ्गा सावित भएको दाबी गरे ।

यसअघि सेयरमा प्रकरणमा मुछिएका साउद र नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न प्रतिनिभिसभा अन्तर्गतको अर्थ समितिले सरकारलाई निर्देशन समेत दिएको थियो भने मन्त्रालयले छानबिन समिति पनि गठन गरी छानबिन गरिरहेको छ ।