काठमाडौँ – प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेशलाई करिव ८० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


मंगलबार लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक स्वाती थापाले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल मार्फत स्वास्थ तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गलाई हस्तान्तरण गरेकी हुन् ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले अमेरिकाको प्रोजेक्ट होपको सहयोगमा प्राप्त माक्स, पीपीई, पन्जा, डिजिटल थर्मोमिटर, आइसोलेसन गाउनलगाएतका स्वास्थ्य समाग्री प्रदान गरेको हो । कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ध्यान कोरोना महामारी नियन्त्रण र रोकथाम गरि जनताको जीवन रक्षामा रहेको बताए । उनले प्रतिष्ठानले प्रदान गरेको सहयोगले कोरोना नियन्त्रणमा मद्धत पुग्ने जिकिर गरे ।

त्यस्तै प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक थापाले मुलुकभर नै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता जनाइन् । सामाजिक गतिविधिमा लामो समय देखि क्रियाशील गैर नाफामुलक सामाजिक संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानले विगतदेखी शिक्षा, स्वास्थ्य, बातवरण, जनचेतना, प्रशिक्षण लगाएतका कार्यहरु गर्दै आई रहेको छ ।