काठमाडौँ – नेकपा एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकले पार्टी महाअधिवेशन आगामी मंसिर १०, ११ र १२ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार बैठकले पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौँमा गर्ने समेत निर्णय भएको छ ।

आजको बैठकमा माधव नेपाललाई छाडेर पार्टी एकतामा लागेका भीम रावलसहितका तेस्रो धारका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट सुरेन्द्र पाण्डे लगायतका ९ जना नेताहरु पनि उपस्थित रहेका थिए ।