काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई टुक्राउने उद्देश्यले अध्यादेश ल्याइएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


देश जोगाउनका लागि अध्यादेश ल्याइएको सरकारको टिप्पणीमाथि व्यङ्ग्य गर्दै उनले अध्यादेश असंवैधानिक र अनैतीक क्रियाकलाप भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


‘एमाले फुटाउन अध्यादेश नल्याए के हुन्थ्यो ? देश घाममा राखेको बरफको डल्लो हो ? बिलाउँथ्यो ?’ उनले भने, ‘कर्कलाको पातको पानी हो देश खसेपछि कहाँ खस्यो खस्यो पत्तो नपाउने ?’ उनले देश जोगाउन अध्यादेश ल्याएको सरकारी टिप्पणी बिलकुल गलत भएकाले यस्तो व्याख्याको भरमा कोही बस्न नहुने बताए ।