काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो अफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिइएको र अहिलेको शेरबहादुर सरकारले कामै गर्न नचाहेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


विश्व विकास निर्माणका काममा द्रूत गतिमा अघि बढिरहेकोमा पुस ५ गते यता देशको अमूल्य समय बर्बाद भएको बताए । पुसयता संसद् नचलेर देशको अमूल्य समय बर्बाद भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘हिजो सरकारलाई काम गर्न दिइएन आजको सरकार कामै गर्दैन, भत्काउने काम मात्रै गर्छ बिगार्ने थिति बिगार्ने काम गर्छ,’ उनले भने, ‘हिजो जुन काम अघि बढिसेका थिए ती मात्रै भइरहेका छन् नयाँ काम हुने वाला छैनन् ।’

नयाँ सरकारले सिन्को नभाँचेको काम गर्ने इच्छाशक्ति नै नदेखिएको आरोप उनले लगाए ।