काठमाडौँ–  कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो डोज कुरिरहेका काठमाडौँवासीले भदौ ११ गतेदेखि खोप पाउने भएका छन् ।


ADVERTISEMENT


आउँदो बिहिवारदेखि भेरोसेलको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि भदौ ९ गतेदेखिबाट खोप वितरण गर्ने भनिएपनि शनिबार, आइतबार र सोमबार लगातार सार्वजनिक बिदा परेको कारण तोकिएकै समयमा खोप वितरण गर्ने योजना स्थगित हुन पुगेको थियो ।

भदौ ११ गतेदेखि ३ दिनसम्म दिइने खोप लगाउन जादाँ व्यक्तिले अनिवार्य रुपमा पहिलो पटक लगाएको खोपको कार्ड साथमा लिएर जानुपर्नेछ ।