कर्णाली– नेकपा (एमाले) ले कर्णाली प्रदेशका १० वटै जिल्लामा यसअघि तय भएका कार्यक्रमहरु स्थगन गरेको छ ।


ADVERTISEMENT


मङ्गलबार बसेको स्थायी कमिटीको बैठकले २०७५ साल जेठ २ पूर्वको अवस्थामा फर्कर्ने निर्णय गरेपछि एमाले कर्णाली प्रदेश कमिटीले पूर्वनिर्धारित भेला तथा बैठकहरु स्थगन गरेको हो ।


ADVERTISEMENT

# # #


प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटीले अर्को सूचना नभएसम्मका लागि पूर्वघोषित कार्यक्रमहरु स्थगन गरिएको जानकारी दिए । यही भदौ ३ गते बसेको प्रदेश कमिटीको बैठकले भदौ १० देखि २१ गतेसम्म जिल्ला कमिटीका बैठक सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

लामो समय पार्टी बैठकमा सहभागी नभएका स्थायी कमिटीका सदस्यहरुसमेत सहभागी बैठकले १० बुँदे सहमति कार्यान्वयनको कार्यतालिका बनाएपछि एमालेका तल्ला कमिटीले पूर्वनिर्धारित कार्यक्रमहरु स्थगन गरेका हुन् । रासस