काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्दै केही कमजोरी त्रुटि भए सच्चाउनुपर्ने बताउनुभएको छ । रोल……
बुधबार पार्टी कार्यालय सानेपामा पुगेर जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाउँदै पौडेलले आफुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्न सभापतिलाई भनेको पनि जानकारी दिउ । सबै तहका पदाधिकारी, वडादेखि क्षेत्र, केन्द्रसम्मकाले क्रियाशील सदस्यता विवरण हेर्न पाउनुपर्ने उनले बताए
क्रियाशील सदस्यता टुंगो नलागी चुनाव हुन नसक्ने भन्दै पौडेलले चुनाव गर्न भएपनि अहोरात्र खटेर महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले अब ढिला नगरी क्रियाशील सदस्यताका विवाद अन्त्य गर्दै तल्लो तहको अधिवेशन टुङ्गाउनु पर्ने जिकिर गरे ।
पौडेल सहित पार्टी अध्यक्ष शेरबहादुर देउवाबीच क्रियाशील सदस्यता विवाद समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका छन् । अनसन बसिरहेका नेता र कार्यकर्ताहरुक मागमा ऐक्यबद्धता जनाउन नेताहरु पौडेका साथै प्रकाशमान सिंह, शशांक कोइराला लगाएत सानेपा पुगेका हुन् ।