काठमाडौँ – नेपाली कांग्रेस धनकुटा र पार्टी केन्द्रीय सहमहामन्त्री सुनिलबहादुर थापाको पहलमा सूर्यबहादुर थापा फाउन्डेसनमार्फत धनकुटा पुर्याइएको स्वास्थ्य सामग्रीबारे नेकपा एमालेले गलत प्रचार गरेको भन्दै नेपाली कांग्रेस धनकुटाले आपत्ति जनाएको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटा पुर्याइएको स्वास्थ्य सामग्री नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत ल्याएर सूर्य थापा र नेपाली कांग्रेसको नाममा बाँड थालेको भन्दै झुटो प्रचार गरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


धनकुटामा सबै वडाहरुमा वितरण गर्नका लागि धनकुटाको प्यासिफिक होटेलमा राखिएका स्वास्थ सामग्री र सुरक्षित सामग्रीहरु सूर्य थापाले काठमाडौँका सहयोगी साथीहरु र संस्थासँग समन्वयमा जुटाइएको सचिव राईले बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका सहमहामन्त्री र पूर्वमन्त्री सुनिलबहादुर थापाले आफ्नै पहलमा र आफ्नै साथीहरु र सहयोगी संस्थाहरुबाट प्राप्त स्वास्थ्य तथा सिरक्षित सामग्रीहरु सूर्यबहादुर फाउन्डेसनमार्फत विभिन्न संघ संस्था र वडा समितिहरुमार्फत धनकुटाका सबै वडाहरुमा कोरोनाबाट बच्नका लागि वितरण गरिने जानकारी गराउँदछौँ ।’

सचिव राईले सहमहामन्त्री थापाकै पहलमा केही दिनभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोनाविरुद्धको खोप, स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सामग्रीहरु पनि केही दिनभित्रै धनकुटा आइपुग्ने जनाएका छन् ।

आगामी दिनमा गलत प्रचार गरेर भ्रम सिर्जना गर्नेविरुद्ध कडा प्रतिवाद गर्ने उनको चेतावनी छ ।