काठमाडौँ – माधव कुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । यससँगै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ भने नेकपा एमालले कानुनी रुपमै फुटेको छ ।


ADVERTISEMENT


आयोगले आजै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८)को दफा ३३ बमोजिम दल दर्ताको प्रमाणपत्र दिएको हो ।


ADVERTISEMENT

# # #


नेकपा एकीकृत समाजवादीको दर्ता नं. १६६ रहेको छ भने पार्टीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँ रहनेछ ।

बुधबार दल दर्ताको प्रक्रिया टुंग्याउन आयोगको बोलावट अनुसार माधव समूहका नेताहरु सनाखतका लागि आयोग पुगेका थिए । सनाखतमा नेकपा एमालेका तत्कालीन ५५ जना केन्द्रीय सदस्यले स–शरिर आयोग पुगेर हस्ताक्षर गरेका थिए ।

यस्तै ३० जना सांसदले समेत हस्ताक्षर गरेका थिए । जसमध्ये भारतको नयाँ दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनालको समेत सनाखत भएको थियो ।

सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश अनुसार दल विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत सदस्य पुर्याए पार्टी फुटाउन मिल्ने व्यवस्था रहेको छ ।

नेकपा एमालेमा हाल २०३ जना केन्द्रीय सदस्य रहेका छन् । २० प्रतिशत पुर्याउन ४१ जना भए प्रयाप्त हुन्थ्यो ।