विराटनगर – नेकपा एमाले प्रदेश १ संसदीय दलले पार्टी विभाजनपछि पहिलोपटक आज बैठक डाकेको छ । ९ बजेदेखि बैठक शुरु हुन लागेकोमा शेरधन राईलाई राजीनामा गर्न लगाउने तयारी गरिएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT


स्रोतकाअनुसार बैठकले माधव समूहमा लागेका सांसदलाई कारवाही गर्ने र नेपाल समूह छाडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो । ‘सकभर आजै आचार्यलाई मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी छ,’ स्रोतले बतायो । यसैगरी, संसदीय दलको नयाँ नेता छनोट पनि गर्ने तयारी गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेश सभामा ९३ सदस्यमध्ये हाल ९२ सांसद् छन् । जसमध्ये ५१ एमाले सांसद् रहेकोमा एक जना सभामुख रहेकाले ५० जनाले मत गर्न पाउनेछन् । बहुमतका लागि ४७ मत आवश्यक पर्नेमा १८ जना नेकपा एमाले एकीकृत समाजवादी पार्टीमा भएकाले आचार्यलाई मुख्यमन्त्रीका लागि अघि सारेपनि विश्वासको मत नपाउने एक नेता बताउँछन् ।