काठमाडौँ – जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमसमेत चारजनालाई जन्मकैदको सजाय सुनाएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यलेको इजसालले बिहीबार आलमलाई जिउँदै इट्टा भट्टामा हालेर मान्छे मारेको अभियोगमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।


ADVERTISEMENT


यस्तै अदालतले आलमका साथै महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको छ । यस मुद्दामा कुल ११ जना प्रतिवादी रहेकोमा चारजनालाई जन्मकैदको सजाय तोकिएको हो। एकजनालाई भने अदालतले सफाइ दिएको छ।


ADVERTISEMENT

# # #


पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा कांग्रेस नेता आलम २०७६ असोज २६ मा पक्राउ परेका थिए। थुनछेक बहसपछि २०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। उनी अहिले नख्खु कारागामा छन्।