काठमाण्डौं- शीर्षक सुन्दा अनौठो लाग्ने चलचित्र ‘फाटेको जुत्ता’लाई क्राइम कमेडी चलचित्र भनिएको छ । नेपाल भारत सीमाक्षेत्रमा बसोबास गर्ने मानिसहरूकाबीच हुने अपहरण र फिरौतीजस्ता अपराधमा हास्य रस घोलेर निर्देशक निकेश खड्काले त्यसलाई चलचित्रको रूप दिएका छन् ।


ADVERTISEMENT


आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘फाटेको जुत्ता’मा नाम कहलिएका कलाकारहरूको भीड छ । सौगात मल्ल चलचित्रका मुख्य कलाकार हुन् । उनी गाउँमा आफूलाई डनका रूपमा चित्रण गरिरहेका हुन्छन् । सौगात काठमाडौंबाट आएकी एक युवतीसँग प्रेम गर्छन् । उनको लक्ष्य अपराध जगतको डन बन्नु हो, जसका लागि उनका साथीहरूले मद्दत पुर्‍याइरहेका हुन्छन् । अपहरण र फिरौतीको बाटो रोज्दा सिर्जना हुने समस्याहरूलाई निर्देशक खड्काले रमाइलो ढंगबाट पर्दामा उतारेका छन् ।


ADVERTISEMENT

# # #


चलचित्र ‘फाटेको जुत्ता’का निर्माता अर्जुनकुमार हुन् । गायक तथा संगीतकार अर्जुनकुमार चपली हाइट, द युगदेखि युगसम्म, धर्मा, फिटकिरी तथा चपली हाइट टुपछि स्थापित निर्माताका रूपमा चिनिएका छन् । अर्जुनले पहिलो पटक हास्य चलचित्र निर्माण गरेका हुन् । चलचित्र ‘फाटेको जुत्ता’को ‘आइ एम भेरी सरी’ गीतले पनि चर्चा पाइरहेको सन्दर्भमा यो चलचित्रलाई दर्शकले मनपराउने आशा गर्न सकिन्छ । आजको कान्तिपुरबाट