काठमाडौँ – नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारका प्र्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले आगामी निवाचनपछिका ५ वर्षसम्म मात्रै सक्रिय राजनीतिमा रहने बताएका हुन् ।


ADVERTISEMENT

# # #


एमालेमा रहँदा समेत युवाहरुलाई नेतृत्व दिइनु पर्ने विषय उठाउँदै आएको बताउँदै उनले युवाहरुलाई अग्रसर हुन आग्रह गरे । उनले भने, ‘तपाईंहरु प्रस्ट भए हुन्छ, आजीवन माधव नेपाल राजनीति गर्दैन । मैँले पहिले नै भनेको थिएँ, केपी ओलीलाई विदा गरेर युवा पुस्ताले जिम्मा सम्हालोस् ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीको विधानमा पनि युवाहरुलाई तलैबाट पार्टीका कमिटीमा आवद्ध गरिने बताए । उनले जिन्दगीभरि पदमा बसिरहने चाहना आफूमा नरहेको जिकिर गरे । ‘मेरो अहिले मोटो कुरा के रहेको छ भन्दा, आउने चुनावपछिका ५ वर्षसम्म मात्रै म राजनीतिमा लाग्छु ।’ उनले थपे, ‘जिन्दगीभरि, बुढो हुँदासम्म पनि, लौरो टेक्दासम्म पनि पदमा बसिरहने चाहना मेरो छैन ।’

नेता नेपालको नेतृत्वमा एमालेबाट विभाजन भइ निर्वाचन आयोगमा दर्ता भएको नेकपा समाजवादी पार्टीलेले बुधबार मात्रै दल दर्ताको प्रमाणपत्र पाएको थियो ।