काठमाडौँ– ललितपुर जिल्लामा सबैभन्दा कम बेरुजु हुनेमा महालक्ष्मी नगरपालिका अग्रपक्तिंमा देखिएको छ ।


ADVERTISEMENT


महालेखाले पेश गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार, महालक्ष्मी नगरपालिकामा बेरुजु प्रतिशत जम्मा २ दशमलव ३४ रहेको देखिएको हो । र, यो जिल्लाको अन्य बेरुजुभन्दा सबैभन्दा कम बेरुजु प्रतिशत हो ।


ADVERTISEMENT

# # #


खर्च पारदर्शितामा विशेष ध्यान दिनु नै यसको मुख्य कारण भएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ बताउँछन् । लेआफूले निर्वाचनको समयमा सार्वजनिक घोषणा पत्रमा नै उक्त कुरा उल्लेख गरेको जनाउँदै उनले भने, ‘मैले निर्वाचनका सार्वजनिक गरेको घोषणा पत्रमै खर्च पारदर्शितालाई विशेष ध्यान प्राथमिकता दिएको थिएँ । आशा छ, अबका दिनमा शून्यमा झार्ने प्रयत्न हुनेछ ।’

आर्थिक प्रशासनलाई चुस्त राख्ने, वेबसाइटमा नियमित सार्वजनिक गर्नेलगायतका कामलाई विशेष ध्यान दिइएको नगर प्रमुख श्रेष्ठको भनाई छ । ।

यस्तै, सबैभन्दा बढि बेरुजु हुने नगरपालिका अन्र्तगत भने १० दशमलव २६ प्रतिशतसहित गोदावरीको पहिलो देखिएको छ । त्यसपछि धेरै बेरुजु हुनेमा क्रमशः ललितपुर महानगरपालिका, बाग्मति गाउँपालिका, महांकाल र कोन्ज्योसोम गाउँपालिका रहेको छ ।

जिल्लाको बेरुजु प्रतिशत आँकडा

 

.