काठमाडौँ – यही सेप्टेम्बर २ र ५ मा नेपालसँग काठमाडौँको दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


भारतीय फुटबल टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेगले शुक्रबार २५ सदस्यीय टोली घोषणा गरेका हुन् । भारतीय टोलीमा नियमित कप्तान सुनिल क्षेत्री पनि अटाएका छन् ।


ADVERTISEMENT

# # #


खेलका लागि भारतीय टोली अगस्ट ३० (सोमबार) काठमाडौँ आइपुग्ने छ । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलि अहिले पोखरामा अध्यास गरिरहेको छ ।

पछिल्लो पटक भारतीय टोलीले नेपालमा सन् २०१५ मा खेलेको थियो । सन् २०१८ को फिफा विश्वकप छनोट अन्तर्गत दशरथ रंगशालामा भएको उक्त खेललमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

भारतीय टोली
गोलकिपर : अमरिन्दर सिंह, धिरज सिंह माइरांथेन, गुरप्रित सिंह सन्धु ।

डिफेन्डर : प्रितम कोतल, चिंग्लेनसाना सिंह कोन्शाम, मान्दर राव देशाई, आकाश मिश्र, राकेश भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी