काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिले कुनै कुराकानी नै नभएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंको बबरमहलमा नयाँ पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले आफुहरुको पार्टी भर्खरै दर्ता भएको भन्दै अहिले नै सरकारमा जाने विषयमा कुनै कुराकानी नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सरकारलाई आफुहरुको समर्थन रहेको भन्दै सरकारले आफुहरुको जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखे । संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका संलग्नलाई जेलमुक्त गर्ने लगाएतका मागहरुलाइ पुरा गराउन सरकारसँग निरन्तर संवाद गर्ने उनको भनाई छ ।

ठाकुरले लामोसमयदेखि मधेशका समस्याहरु समाधान हुन नसकेको भन्दै आफुहरुको पार्टीले मधेशी जनताको शिक्षा, स्वास्थ्य, रोजगारी लगाएतका विषयलाई प्राथमिकताका साथ उठाउने उल्लेख गरे ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष ठाकुर लगाएतका नेताहरुले पार्टी कार्यालयमा झण्डोत्तोलनका गरेका थिए ।