धनगढी – पूर्व प्रधानमन्त्री तथा जसपा नेता बाबुराम भट्टराई र काँग्रेस युवा नेता नैनसिँह महरबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


जसपा पार्टी विस्तारका क्रममा धनगढी आएका भट्टराई र काँग्रेसको जिल्ला अधिवेशन अघि गृह जिल्ला पुगेका महरबीच शुक्रवार धनगढीमा भेट भएको हो ।


ADVERTISEMENT

# # #


भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको महरले जनाएका छन् । भट्टराईले उठाएका मुद्दा जनताको पक्षमा साँच्चिकै अब्बल भएको बताउँदै महरले त्यसको कार्यान्वयनमा ध्यानकेन्द्रीत हुन नसकेको बताएका थिए ।

भट्टराईले उक्त विषयमा थप छलफल गरेर निश्कर्षमा पुग्नुपर्ने बताउँदै भट्टराईले गम्भीर विस्तृत विमर्श आवश्यक रहेको बताएको भट्टराईलाई उद्धृत गर्दै महरले जानकारी दिएका छन् ।

May be an image of 4 people, people standing and indoor