काठमाडौँ – स्वास्थ्य मन्त्रालयले गरेको एक सर्वेक्षणअनुसार ६९ प्रतिशत नेपालीमा कोभिडको एन्टिबडी देखिएको छ ।


ADVERTISEMENT


मन्त्रालयले गरेको सेरो प्रोभ्यालेन्स सर्भेअनुसार ६८ दशमलव ६ प्रतिशत नेपालीमा कोभिडको एन्टिबडी पाइएको हो । मन्त्रालयले सबै नेपालीको प्रतिनिधित्व हुने गरी २५० मध्ये १० घरबाट नमूना संकलन गरी जाँच गरेको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलकाअनुसार गत असार २१ देखि साउन ३० सम्म मन्त्रालयले देशभर १३ हजार १६१ को नमूना संकलन गरिएकोमा उक्त संख्यामा कोरोना भएर निको भएको एन्टिबडी देखिएको हो ।

यस्तै कोरोनाविरुद्धको एक मात्रा मात्रै खोप लगाएका ८० प्रतिशतमा र दुवै डोज खोप लगाएका ९० प्रतिशतमा एन्टिबडिको विकास भएको उनले जनाए ।

सर्वेक्षणमा खोप लगाएका/नलगाएका सबैलाई समेटिएको थियो ।