काठमार्डौँ – प्रगतिशील लेखक आनन्ददेव भट्टको निधन भएको छ । विगत ५ वर्षदेखि अल्जाइमर रोगबाट पीडित भट्टको आज बिहाना आफ्नै निवास कालिकास्थानमा निधन भएको हो ।


ADVERTISEMENT


कथा, कविता, समालोचना, मार्क्सवादी चिन्तन र बौद्धिक विर्मशमा क्रियाशील भट्टले प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष समेत भएर साहित्यको क्षेत्रमा योगदान पुर्याएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य भट्टले काव्य, खण्डकाव्य, संस्मरण, समालोचना, निवन्ध लगायतका क्षेत्रमा कलम चलाएका छन् ।

२०४६ को जनआन्दोलनमा भट्टकै सक्रियतामा साहित्यकारहरुको टोली सडकमा उत्रिएको थियो । पञ्चायतविरुद्ध कालोपट्टी बाँधेर धर्ना बसेका भट्ट, पारिजात, वाशु शशी लगायतमाथि तत्कालीन पञ्चायती सरकारले दमन गरेको थियो ।

वि.सं.  १९९३ असोज २५ मा जुम्लामा जन्मिएका भट्ट प्राज्ञिक व्यक्तित्व थिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।


ADVERTISEMENT

# # #