काठमाडौँ– सीजी कम्पनीका सीजी कर्प ग्लोबलका प्रबन्धक निर्वाण चौधरी र ‘वाई वाई ग्लोकल टिन हिरो’ मा मनोनित किशोरकिशोरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपाल’ को सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोरकिशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको हो ।


ADVERTISEMENT

# # #


देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस बर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को मुख्य साझेदारको रूपमा वाई वाई जोडिएको छ । यसै अन्तर्गत गत शुक्रबार किशोरकिशोरीहरुले चौधरीसँग अन्र्तक्रिया गर्ने मौका प्राप्त गरेका थिए ।

उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले आफुलाई किशोरकिशोरीहरुबाट प्रेरणा मिलेको र सदैव उनीहरुको कार्यमा सहयोग प्रतिबद्धता जनाएका छन् । उद्देश्य प्राप्तिका लागि मिहिनत आवश्यक पर्ने भन्दै उनले भने, ‘सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ, र एक आफ्नो लक्ष्य पुरा गर्नका लागी निरन्तर मेहेनत एवम लगनशीलता महत्वपूर्ण रहन्छ ।’

अहिलेको समयमा साझेदारी एवम सहकार्य जरुरी भएको भन्दै चौधरीले कार्यक्रममा उपस्थितलाई आफ्नो सपनालाई पुरा गर्न प्रोत्साहन समेत गरेका थिए ।