काठमाडौँ – सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन मंगलबार पनि छलफल गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबण्डा छलफल भएपछि अन्तिम रुप दिन बाँकी रहेको नेताहरुले जनाएका छन् ।


ADVERTISEMENT

# # #


सरकार विस्तार र मन्त्रालय बाँडफाँटमा छिटै सहमतिमा पुगिने गठबन्धन दलहरुले जनाएका छन् । यसअघि मंगलबारसम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउने र मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो ।

गठबन्धनमा रहेका दलहरूलाई दिइने मन्त्रालयका बिषयमा टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री देउवाले असार २९ मा पदभार ग्रहण गगरेका थिए । तर, अहिलेसम्म मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।