काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा ओलले स्वार्थहरुका पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई पनि कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे । त्यस्तै ओलीले अहिलेका सभामुख राजमार्गबाट हिँड्न नमानेको जिकिर गर्दै निर्वाचन आयोगले पनि सडक छाड्न खोजेको बताए ।

उहाले पछिल्लो समय अदालतले बाटो बिराउदै गएको उल्लेख गरे । उनले गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने बताए । अहिले मुलुकमा अलोकतान्त्रिकजस्तो अभ्यास भइरहेकाले चिन्ताका विषय भएको उनको भनाई छ ।

कार्यक्रममा सि डिभिजन छनौट खेल्न आएका झापाका फुटबल टिमलाई आर्थिक सहयोग गरिएको थियो ।