काठमाडौँ –  जीर्णोद्वारपछि नेपाल ल क्याम्पसको पुस्तकालयको उद्घाटन गरिएको छ । भूकम्पले जीर्ण बनेको यहाँको पुस्तकालयलाई क्याम्पस प्रमुख डीएन पराजुलीको नेतृत्वमा नयाँ स्वरुप दिइएको हो ।


ADVERTISEMENT


सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँल, क्याम्पस प्रमुख डा. पराजुली तथा कानूनका दिग्गज व्यक्तित्वहरुबाट उक्त पुस्तकालयको उद्घाटन गरिएको हो । पुस्तकालयमा न्यायाधीश, कानूनका विद्यार्थी, कानून व्यवसायी लगायत कानून विषयसँग सरोकार राख्ने सबैलाई अध्ययन सामाग्रीहरु उपलब्ध हुनेछन् ।


ADVERTISEMENT

# # #


May be an image of 3 people and people standing

मंगलबार क्याम्पसमा आयोजित उद्घाटन कार्यक्रममा पुस्तकालयका लागि अन्तरराष्ट्रिय कानूनका विज्ञ प्राध्यापक डा. सूर्य सुवेदीले ‘प्रा. सूर्य सुवेदी अध्ययन कक्ष’ का लागि रु. १० लाख सहयोग गरे । कानून संकायमा अध्ययन गर्न आउने बिधार्थीलाई सहज होस् भनेर उनले नवनिर्मित पुस्तकालयमा अक्षकोषसहित मावअधिकार बिषयका महत्पूर्ण पुस्तकहरु पनि हस्तान्तरण गरेका थिए ।

May be an image of 1 person and indoor

लण्डनबाट जुम मिटिङमार्फत जोडिएका डा. सुवेदीले आफू जहाँ भएपनि आफूले अध्ययन गरेको क्याम्पसमा अध्ययन सामाग्रीको कमी नहोस् भनेर सहयोग गरेको बताए ।

May be an image of 2 people, people sitting and people standing

सर्वोच्चका न्यायाधीश भट्टराईले डा. सुवेदीसँगको आफ्नो ३५ वर्ष अगाडिको मित्रता सम्झदै कानूनको क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद दिए । उनले किताब पढ्ने संस्कारको कहिल्यै पनि अन्त्य नहुने भन्दै बौद्धिकता र व्यवहारका लागि अध्ययनको खाँचो सँधैँ रहने बताए । यस्तै, अर्का न्यायाधीश फुयाँलले अन्तरराष्ट्रिय कानूनमा डा. सुवेदीको उच्च उचाइको चर्चा गर्दै उनले गरेको सहयोगका लागि धन्यवाद दिए । कार्यक्रममा उनले क्याम्पस प्रमुखका रुपमा डा. पराजुलीले लिएको अग्रसरतासँगैँ ल क्याम्पस र यहाँको पुस्तकालयमा आएको सुधारको प्रशंसा गरेका थिए ।

May be an image of 2 people and people standing

कार्यक्रमको सभापतिको रुपमा रहेका क्याम्पस प्रमुख डा. पराजुलीले आफ्नो ४ वर्षे कार्यकालमा क्याम्पसका लागि गरेको सुधारको उल्लेख गर्दै पुस्तकालय व्यवस्थापनका लागि धेरै दुःख गर्दै भूकम्पले क्षतिग्रस्त पुस्तकालयलाई अध्ययन गर्न सक्ने गरिको अहिलेको अवस्थामा ल्याएको बताए ।

May be an image of 4 people and people standing

क्याम्पस प्रमुख डा. पराजुलीले पुस्तकालयका लागि गरेको सहयोगका लागि सुवेदीलाई धन्यवाद दिए । यस्तै उनले ल क्याम्पसको पुस्तकालयलाई उच्चस्तरको व्यवस्थापनका साथ सञ्चालन गरिएको भन्दै बौद्धिक व्यक्तित्व तथा लेखकहरुका लागि आ–आफ्ना पुस्तकहरु पुस्तकालयका लागि सहयोग गर्न समेत आग्रह गरे । उनले क्याम्पसका विद्यार्थीहरु, प्राज्ञिक, बौद्धिक व्यक्तिहरु, साना व्यवसायी, न्यायाधीहरु लगायत कानूनसँग सरोकार राख्ने सम्पूर्ण व्यक्तिहरुका लागि ल क्याम्पसको पुस्तकालय अध्ययन र रिफ्रेन्सका लागि महत्वपूर्ण केन्द्र बनाउने गरी आफू लागेको बताए ।

May be an image of 2 people, people sitting, people standing and indoor

अध्ययन गर्ने संस्कार हट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले कानून क्षेत्रको ज्ञानको मुहानका रुपमा पुस्तकालयको विकास गरेको भन्दै यसबाट फाइदा लिन सबैलाई अनुरोध गरे ।

May be an image of book