राजधानी काठमाडौँबाट प्रदेशसभाका लागि मुख्य राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले जिल्ला तहकै अधिकांश नयाँ अनुहारलाई प्रतिस्पर्धामा उतारेका छन् ।
कतिपय जिल्लामा मन्त्री र सांसद भइसकेका नेताहरू पनि प्रदेशसभातर्फ आकर्षित भए पनि राजधानीमा भने यस्तो सङ्ख्या न्यून छ । अष्टलक्ष्मी शाक्य, केशव स्थापित, लोकेश ढकाल, नरोत्तम वैद्य लगायतका वरिष्ठ र परिचित अनुहार भए पनि धेरैजसो नयाँ अनुहार प्रदेशसभाको प्रतिस्पर्धामा रहेका छन्।
प्रदेशसभाका लागि २० स्थान रहेको यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)ले शाक्य र स्थापित दुई नेतालाई अगाडि सारेको छ । वाम गठबन्धनमा माओवादी केन्द्रलाई तीन स्थान दिएर १७ स्थान लिएको एमालेले आफ्नो भागमा परेकामध्ये क्षेत्र नम्बर ६ को (क)मा स्थापित र ८ को (ख)मा शाक्यलाई उम्मेदवार बनाएको छ । स्थापित राजधानीका पूर्व मेयर र शाक्य पूर्वमन्त्री तथा महिला उपाध्यक्ष रहेका छन्।
काठमाडौँ महानगरपालिकाका पूर्वमेयर स्थापित काम र बेलाबेला पार्टी परिवर्तनका कारण चर्चामा हुनुहुन्छ । यी दुईबाहेक एमालेले क्षेत्र नम्बर १ को  (क)मा विष्णुकुमारी भुसाल र ९ख०मा गणेश दुलाललाई उभ्याएको छ । एमाले जिल्ला सभापति तथा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार राईका अनुसार भुसाल पहिलोपटक चुनावी प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै क्षेत्र नम्बर २ को (क)मा सानुकुमार श्रेष्ठ र (ख)मा मणिराम फुयाँल तथा ३ को (ख)मा रामेश्वर फुयाँलले प्रतिस्पर्धा गर्नु हुँदैछ । काठमाडौँ जिल्ला विकास समितिका पूर्वसभापति श्रेष्ठ यसअघि २०६४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि प्रतिस्पर्धामा थिए । मणिराम फुयाँल पहिलोपटक चुनाव लड्दै छन् ।
वि.सं. २०७० को संविधानसभा चुनावमा काठमाडौँ क्षेत्र नं. ३ बाट विजयी रामेश्वर काठमाडौँ जिल्ला विकास समितिका पूर्वउपसभापति रहेका छन् । एमालेबाट ४ को (क)मा निर्मल कुइँकेल र (ख)मा कुसुम कार्की, ५ को (क)मा नारायण सिलवाल र ९ख०मा दीपक निरौला प्रतिस्पर्धामा हुनुहुन्छ । कुइँकेल २०७० को चुनावमा काठमाडौँ क्षेत्र नं. ४ मा काँग्रेसका गगन थापासँग पराजित भएको थिए । कार्की, सिलवाल र निरौलाको यो पहिलो चुनाव हो ।
एमालेले ६ को (ख)मा योगेन्द्र सङ्ग्रौला, ७ को (क)मा वसन्त मानन्धर, (ख)मा प्रकाश श्रेष्ठ, ८ (क)मा सुरेश शाक्य, (ख)मा अष्टलक्ष्मी शाक्य, ९ को (क)मा डा. अजयक्रान्ति शाक्य,
(ख)मा केशव पोखरेल र १० को (ख)मा रमा आले मगरलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रको भागमा परेको ३ को (क)मा रुद्र बराइली, ८ (क)मा उमेश स्थापित र १० को (क)मा दिलीप महर्जनलाई उम्मेदवार बनाइएको छ । महर्जन पूर्वसभासद् रहेका छन । काठमाडौं जिल्ला सभापति सबुज बानियाँका अनुसार २० मध्ये अधिकांश पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दै छन्। काँग्रेसले बौद्धिक नेताको छवि बनाएका लोकेश ढकाललाई क्षेत्र नं. २ को (क)बाट प्रदेशसभाको उम्मेदवार बनाएको छ । उहाँ यसअघि पनि पटकपटक संसदीय चुनावमा उम्मेदवार बनेका थिए । त्यस्तै क्षेत्र नं. ४ को (क)मा उम्मेदवार बन्नुभएका नरोत्तम वैद्य पनि राजनीतिमा खारिएको अनुहार हुनुहुन्छ । पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव वैद्य यसअघि काँग्रेसका पुराना नेतामध्ये एक हुन् । त्यस्तै ८ को (क)मा उम्मेदवार बन्नुभएका राज्यलक्ष्मी श्रेष्ठ समानुपातिक तर्फका पूर्वसभासद रहेका छन् ।
काँग्रेसका अन्य उम्मेदवारहरूमा १ को (क)मा दीपेन्द्र श्रेष्ठ र (ख)मा सुरजचन्द्र लामिछाने, २ को (ख)मा मनहरि खड्का, ३ को (क)मा छिरिङ्कदोर्जे लामा (ख)मा विमल ठकुरी र ४ को (ख)मा साधुराम खड्का उम्मेद्वार बनेका छन् । उहाँहरू सबै पहिलोपटक चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । यीमध्ये लामा र ठकुरी विद्यार्थी राजनीतिबाट आएका हुन् ।
त्यस्तै ५ को (ख)मा रमेश खड्का, ६ को (क)मा न्हुच्छेनारायण मानन्धर र ९ख०मा विष्णुभक्त तिमिल्सिना उम्मेदवार बनेका छन् । त्यस्तै ८ को (ख)मा देवरत्न डङ्गोल, ९ को (क)मा इन्द्रमान तुलाधर (ख)मा धर्मराज गौतम एवं १० को (क)मा पुकार महर्जन र (ख)मा धर्मानन्द श्रेष्ठ उम्मेदवार रहेका छन् । मानन्धर र गौतम विगत तीन दशकदेखि काँग्रेसका सक्रिय कार्यकर्ता रहेका छन ।


ADVERTISEMENT