काठमाडौँ – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । खेल काठमाडौँको त्रिपुर्श्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सुरु भएको हो ।


ADVERTISEMENT


दशरथ रंगशालामा भारत र नेपालबीच चार वर्षपछि फुटबल हुन लागेको हो । नेपाली टोलीको कप्तान गोलकिपर किरण चेमजोङले गर्दैछन् भने भारतीय टोलीको कप्तानी सुनिल क्षेत्रीले गर्दैछन् ।


ADVERTISEMENT

# # #


नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ । दुईवटै टोलीले मैत्रीपूर्ण खेललाई आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका रुपमा हेरेका छन् ।

रंगशालामा केही दर्शकलाई उपस्थिति दिइएको छ । यद्दपी दर्शकले कोरोनाविरुद्धको दुईवटै डोज खोप लगाएको वा पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।

नेपाली अन्तिम ११
गोलकिपर
किरण लिम्बु (कप्तान)
फरवार्ड
नवयुग श्रेष्ठ, अन्जन विष्ट, आयुष घलान
मिडफिल्डर
तेज तामाङ, पुजन उपरकोटी, सुमन लामा
डिफेन्डर
सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी ।