काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनविरुद्ध गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी राष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


यद्यपि मन्त्रालयले उक्त विज्ञप्तिमा मोदीको नाम भने उल्लेख गरेको छैन । त्यसको सट्टामा ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री’ उल्लेख गरिएको छ ।

गत शुक्रबार माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुले र शनिबार नेकपा एमाले निकट विद्यार्थीहरु दार्चुला तुईन घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए । मन्त्रालयले सोहि घटनाको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो ।

‘नेपाल सबै मित्रराष्ट्रहरुसंग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहान्छ र नेपाल भुमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधिहरु हुन नदिन कटिबद्ध छ । मित्रराष्ट्रहरुको स्वाभिमान र सम्मानमा आँच आउने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही समेत गरिने जनाइएको छ ।