काठमाडौँ – निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याएर निजामती प्रशासनलाई थप व्यवस्थित र चुस्त बनाउनुपर्ने भन्दै स्वतन्त्र निजामती कर्मचारी अभियान संघर्ष समितिले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


निजामती सेवा ऐन खै भन्दै संघर्ष समितिले अभियानका रुपमा काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । यसअघि समायोजन ऐन ल्याएर आफुहरुलाई बिभिन्न स्थानमा पठाएको र अन्यौलमा पठाएको भन्दै समायोजन ऐन सच्चाएर निजामती सेवा ऐन ल्याउनुपर्ने उनीहरुको माग छ ।


ADVERTISEMENT

# # #


कर्मचारी अभियान संघर्ष समितिका संयोजक पशुपति पोखरेलले निजामती कर्मचारीको समस्या समाधानका लागि ध्यानाकर्षण गराउन अभियान चलाएको बताए । उनले निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउनुपर्ने आफुहरुको माग रहेको जानकारी दिए ।

यसअघि शनिबार नै नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐन जतिसक्दो छिटो ल्याउने बताएका थिए ।