काठमाडौँ – भक्तपुर नगरभित्रका विभिन्न बिभिन्न टोलमा रहेका दिपंकर बुद्धलाई पुजा तथा दान दिएर आइतबार पञ्चदान पर्व मनाईएको छ ।


ADVERTISEMENT


नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दीपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा रहेको छ । तर, कोरोनाका कारण यस वर्ष दिपंकर बुद्धलाई बिहार भित्रै राखी बाहिरबाट पञ्चदान गरिएको थियो ।


ADVERTISEMENT

# # #


यो दिनमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ । ६ सय वर्ष अगाडीदेखि मनाउने गरिएको यो पर्व अन्यत्रभन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ । बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित रहेको स्थानीय सुगतरत्न बज्राचार्यले बताए । पञ्चदान पर्वमा धान, मकै, चामल लगाएतका पाँचथरी दान गर्ने प्रचलन रहेको उनले बताए ।

यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ । दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ । यो पर्वको समयमा धान गर्नाल पुण्य मिल्ने, धनसम्पति प्राप्त हुने जनविश्वास रहेको छ ।