काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले गोरखाको पालुङ्गटार नगरपालिका ६, काठमाडौँ कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोटको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५, जुवालीमा शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


यस्तै चितवनकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बंैकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ«े बैंक लिमिटेडको शाखा रहित बैकिङ्ग सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैँकले देशभर १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टरगरी ३३९ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सम्पुर्ण बैँकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैँकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।