काठमाडौँ– विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) को दक्षिण पूर्वी एसियाको ७४ औं सम्मेलन सम्मेलन सोमबारबाट सुरु हुँदैछ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार बिहान पौने १० बजे भर्चुअल माध्यमबाट सुरु हुने जानकारी दिए ।


ADVERTISEMENT

# # #


डब्ल्यूएचओको मुलुकमा विगत ६० औँ वर्षदेखि सदस्यको रुपमा रहँदै आएको नेपालले ११ औँ वर्षपछि ११ वर्ष पछि सम्मेलनको नेतृत्वको गर्ने मौका पाउनु आफैमा ऐतिहासिक एवम् गौरवको विषय रहेको उनले बताए । उक्त कार्यक्रम भौतिक उपस्थितमा नै हुने भनिएपनि कोभिड–१९ मै सिमित भएको उनले जानकारी दिए ।
‘यद्यपि यो ‘११ औ मुलुकको ५ दिने सम्मेलन सम्मेलनको ५ दिन नेपालका लागि निकै महत्वपूर्ण छ’, उनले भने ।

उक्त सम्मेलनमा स्वास्थ्यको आप्कालीन अवस्था, सर्ने नसर्ने रोगको नियन्त्रण, स्वासथ्यमा सर्वव्यापी पहुँच, खोप व्यवस्थापन, वितरण र प्राप्ती, आगामी कार्ययोजना लगायतका विषयवस्तुमा छलफल हुने उनको भनाई छ ।

उनले  सो सम्मेलनले भोलिका दिनमा डब्ल्यूएचओ संग सहकार्य गरेर अगाडि जान सकिने विश्वास व्यक्त गरे ।

नेपालले यस सम्मेलनदेखि आगामी एक वर्षका लागि समितिको अध्यक्षका रुपमा कार्य गर्नेछ । बैठकमा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य सङ्गठनका कार्यक्रम, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दामा गहन छलफल गरिनेछ ।

उक्त सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह, स्वास्थ्यमन्त्रीहरु र क्षेत्रका सदस्य देशहरुका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघ एजेन्सीहरु, साझेदारहरु, दाताहरु र नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहने जनाएको छ ।