झापा– जिल्लामा आफ्नै दाजुको हत्या गरेर फरार भएका भाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–३ केचनाका ३७ वर्षीय रतन राजवंशी रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार, कचनकवल गाउँपालिका–३ केचना घर भई बिर्तामोड नगरपालिका ४ स्थित डेरामा बस्दै आएका ५० वर्षीय भात्रु राजवंशीलाई उनका भाई ले मार्तलले कुटपिट गरी हत्या गरेका हुन् ।


ADVERTISEMENT

# # #


रतनलाई मृतकका छोराको बयानका आधारमा पक्राउ गरिएको हो । प्रहरीले उनीसंगै हत्यामा प्रयोग गरिएको मार्तल समेत बरामद गरेको छ ।

हत्या के कारणले गरिएको ? भन्ने तथ्य हालसम्म पत्ता नलागेको सुचना अधिकारी राकेश थापाले जानकारी दिए । उनका अनुसार, हाल इलाका प्रहरी कार्यालयमा रहेका रतनविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दायर आज जिल्ला अदालत झापाको निर्णय बमोजिम म्याद थप गरी अन्य आवश्यक अनुसन्धान गरिनेछ ।