संखुवासभा– संखुवासभामा एकै परिवारका ६ जना मृतावस्थामा भेटिएका छन् ।


ADVERTISEMENT


मादी नगरपालिका–१ का तेजबहादुर कार्कीको परिवारको ६ जना सदस्य नै मृतावस्थामा भेटिएको नगरप्रमुख विदुरकुमार लिंथेपले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


‘६ जनाको हत्या भएको बिहान गाउँलेले देखे । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

उनीहरुको हत्या भएको हुनसक्ने र त्यसका लागि धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि यसबारे थप अहिले नै केहि भन्न नसक्ने संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले बताए । ‘यसका लागि थप टोलि घटनास्थल जाँदैछ’, उनले भने ।