नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले एकपछि अर्को गलत निर्णय गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंवर दुईले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा थापाले जयसिंह धामी देखि सडकमा बोल्न नपाउने जस्ता गलत निर्णय कांग्रेस नेतृत्वको सरकारले गरेको भन्दै झक्झकाउने बेला आएको बताए ।


ADVERTISEMENT

# # #


‘दार्चुलाको जयसिंह धामीको घटनाको विषयमा होला वा काठमाडौँका सडकमा बोल्न पाउने नपाउने कुरामा होला । एकपछि अर्को गलत निर्णयहरु भएका छन् । यी निर्णयहरु गलत हुन् ।’ उनले भने, ‘यस्तो गलत निर्णय नेपाली कांग्रेस नेतृत्वको सरकारले गर्न हुँदैन भनेर निरन्तर झक्झक्याइराख्नु पर्ने बेला आएको छ ।’

उनले प्रतिनिधिसभाको बाँकी अवधीभर सरकारले जनताको ढोका खोल्ने गरी काम गर्नुपर्ने धारणा राखे । थापाले आगामी चूनावमा कसैको काधमा नचढी बहुमत प्राप्त गर्ने गरी तयारी गर्नुपर्ने बताए । उनले पार्टीको विधि विधान विपरित काम भएका कारण कांग्रेस कमजोर भएको भन्दै विधि विधान अनुरुप नै पार्टी सञ्चालन गर्न नेतृत्वको ध्यानाकर्षण गराए ।

कार्यक्रममा कांग्रेसका नेताहरुले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।