काठमाडौँ – गृहमन्त्रालयले काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ । मन्त्रालयले सीडीओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गरेको हो । यस्तै गृहका सहसचिव गोविन्दप्रसाद रिजाललाई काठमाडौँको सीडीओ बनाएको हो ।


ADVERTISEMENT


पराजुलीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा काठमाडौंका सिडिओ बनेका थिए । भदौ पहिलो साता माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेताहरु काठमाडौँको चन्द्रागिरि रिर्सोटमा झेला भएका थिए ।


ADVERTISEMENT

# # #


पराजुलीले निषेधाज्ञाको बेला अनावश्यक भीडभाड बढाएको भन्दै रिर्सोटलाई मौखिक रुपमा स्पष्टकरण सोधेका थिए । त्यसपछि सरकार र गृहमन्त्रालय पराजुलीसँग रुष्ट थियो ।