काठमाडौँ – नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खङ्ग रहेका छन् ।


ADVERTISEMENT


महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ५३१५ नं को यात्रुबाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रङ्गको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खङ्गलाई पक्राउ गरिएको जानकारी दिए । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागूऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।